चैतमा निफको आठौं संस्करण, ४० देशका ८७ फिल्म देखाइने
काठमाडौँ
अघिल्ला वर्षहरु जस्तै नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सव ९निफ० को आठौ संस्करण चैत्र ७ गते देखी ११ गते सम्म ९ःबचअज द्दण्(द्दद्ध, द्दण्द्दछ० हुने कुरा घोषणा गर्न पाउँदा हामी गौरवान्वित महसुस गरिरहेका छौँ । अघिल्ला वर्ष झैँ फेस्टिभलमा यो वर्ष पनि विश्वका विभिन्न कुनामा बनेका उत्कृष्ट चलचित्रहरू देखाइने छन् भने समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकर्मी, उच्चस्तरका राजनीतिज्ञ र समाजका प्रतिष्ठित व्यक्तित्वहरूको रोचक र अर्थपूर्ण छलफलका सत्रका साथै विभिन्न मास्टर क्लास र कार्यशालाहरु पनि सञ्चालन हुनेछन्।
७० देशबाट प्राप्त ६०० भन्दा धेरै चलचित्रबाट निफको आठौ संस्करणमा ४० देशका ८७ वटा चलचित्रहरू छानिएको जानकारी गराउन चाहन्छौँ । छनौटमा परेका थुप्रै चलचित्रहरु बुसान, कान्स, लोकार्नो, बर्लिनाल आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेका छन् ।
फेस्टिभललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर दुई किसिमले बर्गिकरण गरी, दुबै बर्गिकरणमा फिचर र लघु चलचित्र, साथै वृत्तचित्र विधामा अवार्ड वितरण गरिनेछ । प्रविधिमा आएको विकासलाई आत्मासात गर्दै र दर्शकहरुलाई नयाँ स्वाद दिनको लागि यो बर्षबाट ए आई ९ब्क्ष्० प्रविधिबाट वा सो सम्बन्धी बिषयमा बनेको चलचित्रको प्रतिस्पर्धा पनि थप गरिएको जानकारी गराउन चाहन्छौँ । यसले दर्शकहरुलाई नयाँ प्रविधिसँग पनि साक्षातकार गराउने विश्वाश लिएका छौँ ।
यस वर्ष महोत्सवमा प्रदर्शन हुने चलचित्रहरू त्तँह् सिनेमाका सिभिल मल र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन्। यसका निमित्त त्तँह् सिनेमा घरसँग अघिल्ला बर्षझै यस बर्षपनी सहकार्यलाई निरन्तरता दियिएकोछ। साथ साथै पर्यटन बोर्डको हल र रस्ट्रिय सभागृहमा विभिन्न किसिमका बहस र सम्वादहरु सन्चालन गरिने छ ।
महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकि डलर राशि सहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ । त्यसै गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्महरुबाट कुनै एक चलचित्रलाई ‘अन्तर्राष्ट्रिय चलचित्र समाज महासंघ’ को तर्फ बाट, क्ष्ँँक् म्यल त्तगष्हयतभ ब्धबचम प्रदान गरिनेछ ।
महोत्सवमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको माउण्ट एभरेष्ट अवार्ड, र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघु चलचित्रलाई ५ सय डलरको बागमती अवार्ड प्रदान गरिनेछ भने ब्क्ष् चलचित्रलाई ५०० अमेरिकि डलर राशिको मन्जुश्री अवार्ड प्रदान गरिने छ । यसैगरी नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५०(५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।
रास्ट्रीय सर्ट फिल्म मध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने रास्ट्रीय फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी द्वारा सम्मानित गरिनेछ ।
महोत्सवमा छानिएका चलचित्रको सूची यो विज्ञप्तिसँगै राखिएको जानकारी गराउन चाहान्छौँ । अघिल्ला वर्षहरुझैँ यो वर्ष पनि महोत्सवको दौरानमा चलचित्रप्रेमी, चलचित्रकर्मी र संचारकर्मी साथीहरुबाट महोत्सवको भव्य सफलताका लागि साथ सहयोग प्राप्त रहने कुरामा आशावादी छौँ ।
के।पी पाठक
अध्यक्ष ( नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान
अध्यक्ष ( नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजक समिति
२०८१ माघ २ गते