Advertisement Banner
Advertisement Banner

२३ बुधबार, माघ २०८१23rd July 2024, 10:09:55 am

प्रधानमन्त्रीद्धारा पोखरा स्वास्थ्य प्रतिष्ठान भवनको उद्घाटन

०३ बिहिबार , माघ २०८१२० दिन अगाडि

प्रधानमन्त्रीद्धारा पोखरा स्वास्थ्य प्रतिष्ठान भवनको उद्घाटन

कास्कीस्थित पोखरामा निर्माण भएको स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन भएको छ । उक्त आकस्मिक भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन पोखरा पुगेका प्रधानमन्त्री ओलीले १७ करोड लागतमा बनेका  भवनको उद्घाटन गरेको बताइएको छ । उद्घाटनपछि प्रधानमन्त्री ओलीले नवनिर्मित भवनको निरीक्षणसमेत गरेका थिए ।

प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकी प्रदेशप्रमुख डिल्लीराज भट्ट, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री खगराज अधिकारी, उच्चपदस्थ सरकारी अधिकारीलगायतले स्वागत गरेका थिए ।