![आशिका तामाङलाई पाँच दिन हिरासतमा राख्न अनुमति](/_next/image?url=https%3A%2F%2Fwww.nepaltoday.com.np%2Fbackend%2Fuploads%2Fashika_e19c267d84.jpg&w=3840&q=75)
अभद्र व्यवहारको आरोपमा हिँजो पक्राउ परेकी सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहारको आरोपमा पक्राउ परेकी तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
हिँजो स्वयम्भुबाट पक्राउ परेकी तामाङलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरुको आन्दोलनमा एक्यबद्धता जनाउन पुगेकी तामाङलाई प्रहरीले कार्यालय प्रवेशमा रोक लगाएपछि आक्रोशित हुँदै प्रहरी माथि अभद्र व्यवहार गरेको आरोप छ ।
प्रहरीलाई ‘दलाल’ भनेर अभद्र व्यवहार गरेको भन्दै गत पुस २५ गते प्रहरी वृत्त, गौशालामा प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको र कोषले पुस २६ गते उनीविरुद्ध जाहेरी दिएकोमा प्रहरी वृत्तले अनुसन्धानका लागि पुस २८ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो ।
पशुपति क्षेत्र विकास कोषमा प्रहरीसँग भनाभन भएको भिडियो समाजिक सञ्जालमा भाइरल बनिरहेको छ भने सोही प्रकरणमा उनलाई पक्राउ गरेको बताइएको छ । हिँजो बुधवार पक्राउ परेकी तामाङलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमित दिएको बुझिएको छ ।