नेपाल क्रिकेट संघ (क्यान) ले ‘ब्याटिङ क्याम्प’ सञ्चालन गर्ने भएको छ । खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ क्यानले ब्याटिङ क्याम्प सञ्चालन गर्न लागेको हो । क्यानले एक विज्ञप्ति जारी गर्दै भोलि पुष ५ गते देखि कीर्तिपुरस्थित त्रिवि र मूलपानी क्रिकेट मैदानमा क्याम्प आयोजना गर्न लागेको जनाएको छ ।
क्यानका अनुसार उक्त क्याम्प माघ १२ गतेसम्म सञ्चालन हुने बताइएको छ । क्याम्पमा २० जना युवा ब्याटर तथा खेलाडीहरुको सहभागिता रहनेछ । नेपाली राष्ट्रिय किक्रेट टोलीका प्रशिक्षक मोन्टी देशाईको प्रत्यक्ष निगरानीमा क्याम्प सञ्चालन हुने क्यानले जनाएको छ ।
क्याम्पसमा सहभागी हुने खेलाडीहरुमा लोकेश बम, ततृराज दास, किरन ठगुन्ना, रित गौतम, सोनु अन्सारी, सोहेल कुमार, अभिषेक तिवार, विपिन रावल, सन्तोष यादव, नरेन भट्ट छन् । त्यस्तै, उत्तम थापा मगर, आकाश त्रिपाठी, शुभ कंसाकार, इमरान शेख, सन्तोष कार्की, अर्जुन कुमाल, अंकित सुवेदी, आशुतोष घिरैया, सुजन थपलिया र अर्जुन घर्ती पनि क्याम्पसमा सहभागी हुनेछन् ।