लेखक तथा पत्रकार श्रीधर खनाल ‘दीर्घबाहु’को ९४ वर्षकाे उमेरमा निधन भएको छ । उनको बिहीबार बिहान पौने ३ बजे निधन भएको पारिवारीक श्राेतले जनाएकाे छ ।
स्वर्गिय दीर्घबाहु नेपालको पहिलो जासुसी उपन्यासका लेखक हुन् । नेपाल आँखा अस्पतालका आजीवन संस्थापक सदस्य रहेका दीर्घबाहु दुई पटक त्रिभुवन विश्वविद्यालयको प्राज्ञसभा सदस्य भएका थिए ।
उनको २०२२ सालमामा ‘शब्दभेदी लडाइँ’ उपन्पयास प्रकाशित भएको थियो । त्यसपछि उनका ‘मुर्कट्टा लास’, ‘छ औंले मान्छे’, ‘पानको गुलाम’, ‘डाक्टर डेमन’ तथा डिटेक्टिभ कमलराज रुपाखेती सिरिजमा ‘मेजरको सर्प’, ‘बिखालु इच्छापत्र’, ‘बाह्र बजेको घण्टी’, ‘भेनसका हिप्पीहरु’ र ‘नाङ्एिकी सुन्दरी’लगायत जासुसी उपन्यास निकै लोकप्रिय बनेकाे थियाे ।त्यसगरि दीर्घबाहुकाे अरू उपन्पयासमा ‘हङकङको व्यापारी’ ‘हेलम्बुकी अप्सरा’ र ‘गुलाफी पिन’, ‘बज्रजोगिनीको खजाना’ पनि प्रकाशित भएका थिए ।
९४ वर्षकाे उमेरमा निधन भएका स्वर्गिय दीर्घबाहुको पार्थिव शरीरको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने उनकाे परिवारले जनाएकाे छ ।