Advertisement Banner
Advertisement Banner

२३ बुधबार, माघ २०८१23rd July 2024, 10:09:55 am

वर्षा र हिमपातको सम्भावना

०३ बिहिबार , माघ २०८१२० दिन अगाडि

वर्षा र हिमपातको सम्भावना

देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेका कारण माैसममा प्रभाव पारेकाले देशका केही भागमा वर्षा र हिमपातको सम्भावना रहेकाे छ । अहिले नयाँ मौसमी प्रणाली भित्रिँदा वर्षा र हिमपातको सम्भावना रहेको हो ।

पश्चिम नेपालबाट पश्चिमी न्यूनचापीय प्रणाली नेपाल भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । जसकाे कारण आज देशकाे केहि स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको बताइएकाे छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसम्म वर्षा हुने भए पनि पूर्वतर्फ यो प्रणालीले प्रभाव नपर्ने महाशाखाकाे भनाइ रहेकाे छ ।

अहिले देशका पहाडी भूभाग तथा काठमाडौंमा मौसम बदली भएता पनि काठमाडौंमा वर्षाको सम्भावना नरहेकाे र रातिसम्म मात्रै यो प्रणालीको प्रभाव रहने भएकाले भाेली शुक्रबार बिहान यो प्रणाली हटिसकेर मौमस सफा हुने पनि महाशाखाले जनाएको छ ।

त्यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाका साथै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा तथा कर्णाली,सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।