Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

वाह केपी?

०६ सोमबार , बैशाख २०७३११ बर्ष अगाडि

बडो रंगिन मिजासका रहेछन् प्रधानमन्त्री। जनता राहत राहत भनेर रोइरहदा बालुवाटारमा भोज आयोजना गर्छन्। पार्टीका बैठकहरु बालुवाटारमै राख्छन् र मेवा मिष्ठान्न ख्वाएर पार्टीका साथीहरुलाई प्रसन्नचित्त पार्छन्। र, बेला बेलामा यसरी छमछमी नाच्छन् पनि। एमालेवृत्तमै चर्चा छ– प्रधानमन्त्री केपी ओलीजस्ता व्यक्तिलाई हात समातेर घुमाई घुमाई नचाउने को हुन् यी महिला?
सत्तामा पुगेका बेलामा ननाचे कहिले नाच्ने? सडकमा रेखा थापासँग नाचेका प्रचण्ड आजसम्म आलोचनाका पात्र बनेका छन्। अरु देशमा नेताको काम बिग्रे भत्केका देशका बस्तुस्थितिलाई सम्हाल्ने, बनाउने हुन्छ, नेपालमा नेताको काम धान रोप्न जाने, गाउँलेहरुको छातीतिर घुस्रने, फिल्ममा गाई मरेको दृश्य देख्यो भने निकै संवेदनशील छु भनेजस्तो गरी क्वाँ क्वाँ रुने र राज्यकोषको भत्तेर ख्वाएर यसैगरी नाच्ने हो। भूकम्पपीडतले किन राहत पाएनन्। चिसो र हुरीले थप विपतमा परेकाहरु आउँदो वर्षातमा रुझेर मर्नेछन्। नैतिक धरातल बलियो भएका मुलुकमा देशको बिजोकमा यसरी नाचगान गर्नेमाथि महाभियोग लगाएर दण्डित गरिन्थ्यो, नेपालमा केपी ओलीको वाहवाही भइरहेको छ। वाह केपी?