Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य बढ्याे

०३ बिहिबार , माघ २०८१एक बर्ष अगाडि

पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य बढ्याे

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागु हुनेगरि पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ३/३ रुपैयाँका दरले मूल्य बढाएको हो ।

नयाँ मुल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ६५ र डिजेल तथा मट्टितेल प्रतिलिटर १ सय ५६ रुपैयाँ पुगेको छ । इण्डियन आयल कर्पोरेसनबाट बुधबार दिउँसो पेट्रोलको खरिद मुल्य २.२४ रुपैयाँ र डिजेलको खरिद मुल्य ३.५५ रुपैयाँ प्रतिलिटर बढेर आएकाले नेपाली बजारमा मूल्य बढाइएको निगमले जनाएको छ ।

मुल्य बढेसँगै अब पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको पहिलो वर्गमा १५३.५०, दोस्रोमा १५५ र तेस्रो १५६ रुपैयाँ कायम गरिएको छ ।