नेपाल पत्रकार महासंघ खोटाङ शाखाले पत्रकारलाई पेन्सनको व्यवस्था गर्न ‘पत्रकार पेन्सन कोष’ स्थापना गर्ने निर्णय गरेको छ । शाखाले ७० वर्षमाथिका पत्रकारलाई पेन्सनको व्यवस्था गर्न ‘पत्रकार पेन्सन कोष’ स्थापना गर्ने निर्णय गरेको हो ।
उक्त शाखाको जिल्ला कार्यसमितिको पूर्ण बैठकले पत्रकारलाई कोष खडा गरेर जिल्लाका पत्रकारलाई पेन्सन रकम प्रदान गर्ने निर्णय गरेको हो । जिल्लाका क्रियाशील पत्रकारहरूलाई पत्रकारिता पेशामा टिकाइ राख्न ७० वर्षभन्दा माथिका पत्रकारहरूलाई पेन्सनको व्यवस्था गर्ने उद्देश्यले पेन्सन कोष स्थापना गर्ने निर्णय शाखाका अध्यक्ष हरिवोल आचार्यले जनाएका छन् ।
कार्यसमितिको पूर्ण बैठकले पेन्सन कोष सञ्चालन कार्यविधि निर्माण गर्न महासंघ खोटाङ शाखाका तीन पूर्वअध्यक्षहरूलाई जिम्मेवारी दिने निर्णय गरेको पनि अध्यक्ष आचार्यले जानकारी गराएका छन् ।