यसअघि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल भैरहवाबाट मंसिरकाे अन्तिम साताबाट उडान रोकेको फ्लाई दुबईले पुनः उडान सुरू गरेको छ । मंसिरकाे अन्तिम सातादेखि मौसमको कारण देखाउँदै फ्लाई दुबईले उडान रोकेकोमा पुनः उडान सुरू गरेको हाे ।
फ्लाई दुबईले पुनः दुबई–भैरहवा–काठमाडौँ उडान आइतवारदेखि सुरू गरेकाे गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जनाएका छन् । उडान थालेको पहिलो दिन आइतवार दुबईबाट ९० जना यात्रु लिएर जहाज गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको बताइएकाे छ ।
जहाजमा आएका ९० जना यात्रुमध्ये ८३ यात्रु भने सोही उडान मार्फत काठमाडौँ गएका थिए भने १५ जना दुबई जानका लागि भैरहवाबाट प्रस्थान गरेको विमानस्थल प्रशासनले जनाएको छ । अबदेखि फ्लाई दुबईले भैरहवाबाट नियमित उडान गर्ने पनि सूचना अधिकारी रावतले जानकारी दिएका छन् ।