Advertisement Banner
Advertisement Banner

०९ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्न पहल

०२ बुधबार , माघ २०८१२ बर्ष अगाडि

तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्न पहल

सिन्धुपाल्चोकको सुकुटेमा आयोजित बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्न त्यहाँ पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्न निरन्तर पहल गरिरहेकाे बताएका छन् । अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा र नहुँदा पनि तातोपानी नाका सञ्चालनका लागि पहल गरिरहेकाे बताएका हुन् ।

बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्न सुकुटे पुगेका अध्यक्ष प्रचण्डले पत्रकार भेटघाटमा तातोपानी नाका सञ्चालन गर्न चीनसँग पटकपटक कुराकानी भएको दावी गरेका थिए । नाका पुनः सहज रुपमा सञ्चालनमा ल्याउन दुई देशका माथिल्लो तहबाट पहल र प्रयत्न आवश्यक रहेको उनको भनाइ रहेकाे थियाे ।

बिच भलिबल प्रतियोगिताकाे उदघाट्न गर्दै प्रचण्डले प्रतियोगिताले सुकुटेको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए । उनले पहिलोपटक माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुकुटेमा राखेको बेला सुकुटेले देशकै ध्यान केन्द्रित गरेको स्मरण गर्दै सिन्धुपाल्चोकको विकासका लागि चासो र चिन्ता गरिरहेको भनाइ राखेका थिए ।