Advertisement Banner
Advertisement Banner

०९ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

छ महिनामा साढे ५ खर्ब बढि राजस्व संकलन

०१ मंगलबार , माघ २०८१२ बर्ष अगाडि

छ महिनामा साढे ५ खर्ब बढि राजस्व संकलन

चालु आर्थिक वर्षको ६ महिनामा साढे ५ खर्ब भन्दा बढी राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको हाे ।

चालु आर्थिक वर्षको ६ महिनामा गत आर्थिक वर्षको तुलनामा ६३ अर्ब बढी राजस्व संकलन भएको हाे । जुन प्रतिशतका आधारमा १३  प्रतिशत बढी हाे । यसअघि आर्थिक वर्षको पुस मसान्तसम्म ४ खर्ब ९६ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।

सरकारकाे चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको छ । चालु आर्थिक वर्षको ६ महिनामा वार्षिक लक्ष्यको ४० प्रतिशत विविध प्राप्तिसमेत गरी ५ खर्ब ६७ अर्ब राजस्व संकलन भएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ७२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य भएपनि अहिले संकलन भएको राजस्व लक्ष्यको ८४ प्रतिशत हो । पुस महिनामा मात्र १ खर्ब ६० अर्ब राजस्व संकलन भएको बताइएकाे छ । जसअनुसार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतको तुलनामा राजस्व संकलन बढी हुनु सकारात्मक भएको बताउँदै लक्ष्य अनुरूप राजस्व संकलनमा केन्द्रित हुने बताएका छन् ।

यसवर्षकाे बाढी पहिरो, पेट्रोलियम पदार्थको आयातमा कमी, पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयात प्रभावित, विद्युतीय सवारी साधनको आयात संख्या वृद्धि, दूरसञ्चार क्षेत्रमा परेको प्रभाव, आयात तथा मागमा कमी लगायतले चालु आर्थिक वर्षको ६ महिनामा उल्लेखनीय रूपमा राजस्व संकलन हुन नसकेकाे अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जनाए ।