Advertisement Banner
Advertisement Banner

०९ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

कृषि मन्त्रालयले अनुदानसम्बन्धी विवरण सार्वजनिक गर्ने

२८ आइतबार , पौष २०८१२ बर्ष अगाडि

कृषि मन्त्रालयले अनुदानसम्बन्धी विवरण सार्वजनिक गर्ने

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । मन्त्रालयले यसअघि वितरण भएको अनुदानको विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गारन लाागेको हो ।

आज दिउँसो सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गर्दै विवरण सार्वजनिक हुने बताइएको छ । यसअघि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबहाली गर्दा मन्त्रालयअन्तर्गत वितरण भएको कृषि अनुदान विवरण सार्वजानिक गर्ने प्रतिबद्धता जनाएका थिए ।

मन्त्री अधिकारीले गरिब, विपन्न किसानले कृषि अनुदान प्राप्त गर्न सकुन् भन्ने उदेश्यले कृषि अनुदान वितरण गरेकोमा सोहिअनुसार नभएको जनगुनासो आएकाले यसलाई अझ पारदर्शी बनाउन जरुरी रहेको बताउदै यसैका लागि मन्त्रालयअन्तर्गत यसअघि वितरण भएको अनुदानको विवरण सार्वजनिक गर्न लागिएको बताइएको छ ।