Advertisement Banner
Advertisement Banner

०९ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

"सौभाग्य मेरो जीवनको" मा लक्ष्मण र लक्ष्मीको रोमान्स

२८ आइतबार , पौष २०८१२ बर्ष अगाडि

"सौभाग्य मेरो जीवनको" मा 
लक्ष्मण  र लक्ष्मीको रोमान्स

अस्मिता र सुमनले ल्याए  "सौभाग्य मेरो जीवनको" ( भिडिओ  )

काठमाडौँ - बेजिला फिल्मस् को  प्रस्तुतिमा रहेको प्रेमिल गीत "सौभाग्य मेरो जीवनको" सार्वजनिक भएको  छ। गीतमा सुमन केसी र अस्मिता अधिकारीको सुमधुर  स्वर सुन्न सकिन्छ। गीतका शब्द किशोर पोखरेलले लेखेका हुन् भने संगीत रमेश अन्जन कडरियाको रहेको छ। गीतलाई गायक सुमन केसीले नै संगीत संयोजन गरेका छन्।  

गीतको भिडियोलाई  लक्ष्मण पुन लक्स को निर्देशनमा तयार पारिएको हो । सहाएक निर्देशनमा धर्मेन्द्र पुर्जा रहेका  छन्। भिडियोमा लक्ष्मण पुन लक्स र लक्ष्मी पुर्जा  मुख्य भूमिकामा देखिएका छन्। भिडियोको छायाँकन गोविन्द बिष्टले गरेका हुन्। भिडियोको  सम्पादन र कलर सुधार सुप्रिम पराजुलीले गरेका छन्। जापानको विभिन्न रमणीय ठाउँमा छायाँकन गरिएको यस म्युजिक भिडियोले  दर्शकको मन जित्ने अपेक्षा गरिएको छ। भिडियो  बेजिला फिल्मस् को आधिकारिक  युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो लिंक:  https://youtu.be/f18MVpZ0UAU?si=epLL7wgNdLnibmsB