पूर्वी नवलपरासीकाे दुम्किवास पुल भाँसिदा सडक अवरुद्ध भएको छ । आज अपराह्न पूर्व पश्चिम राजमार्गको सबैभन्दा लामो नारायणघाट-बुटवल खण्डमा पर्ने पूर्वी नवलपरासीको विनय त्रिवेणाी गाउँपालिका–२ स्थित विनय खोलाको पुल भाँसिएको हो ।
पुल भाँसिएपछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको र यातयात चल्न नसक्दा यात्रुहरुले ठूलो कठिनाइ झेल्नु परेको बताइएकाे छ । पुल भाँसिएर राजमार्ग अवरुद्ध भएपछि बैकल्पिक सडक खोल्ने प्रयास भइरहेको पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक (एसपी) यादव ढकालले जनाएका छन् ।
पुल भाँसिएर राजमार्ग अवरुद्ध भएपछि बैकल्पिक सडक खोल्ने प्रयास भइरहेकाले आवतजावत गर्ने यात्रु तथा सर्वसाधारणलाई प्रशासनले अर्को सूचना नभएसम्म राेकिन सल्लाह दिएको छ ।