Advertisement Banner
Advertisement Banner

०९ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

अबदेखि खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

२६ शुक्रबार , पौष २०८१२ बर्ष अगाडि

अबदेखि खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

अबदेखि बैंक तथा वित्तीय संस्थामा नयाँ खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएकाे छ । यहि २०८१ माघ १ गतेदेखि नयाँ खाता खोल्न अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र चाहिने भएको हाे ।

नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्रमार्फत उक्त निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशनमा भनिएकाे छ, ‘बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्नेछ ।’