तराई मधेसमा केहि दिनदेखिकाे चिसो स्याँठ र शीतलहरले जनजीवन प्रभावित भएकाे छ । लगातारको चिसो वायुले तराई मधेशमा दैनिक रूपमा जाडो बढेसँगै जनजीवन प्रभावित भएको हो ।
करिव एक सातादेखिकाे चिसो स्याँठ र शीतलहरले महोत्तरी, बारा, पर्सा, कञ्चनपुर लगायत तराई मधेसमा जनजीवन प्रभावित भएको बताइएकाे छ । चिसो वायुले तराईका जिल्लामा दैनिक रूपमा जाडो बढेपछि जनजीवन प्रभावित हुनुका साथै कतिपय स्थानीय तहका विध्यालयहरू समेत बन्द गरिएकाे छ ।
निरन्तरको चिसो कठ्याङ्ग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण पशुचौपाया तथा बालीनाली समेत प्रभावित बनेकाे छ भने मानिसहरूकाे चहलपहलमा कमी आएको र बाक्लो कुहिरोका कारण यातायात समेत कम चल्न थालेकाे बताइएकाे छ ।