Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, असार २०८२16th June 2025, 6:20:04 am

पाेखराबाट रिहा भएका लामिछाने काठमाडौं अदालतमा उपस्थित हुने

२६ शुक्रबार , पौष २०८१६ महिना अगाडि

पाेखराबाट रिहा भएका लामिछाने काठमाडौं अदालतमा उपस्थित हुने

बिहीबार साँझ पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतबाट धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । काठमाडौं जिल्ला अदालतमा पनि लामिछानेविरूद्ध मुद्दा रहेकाले उपस्थित हुन लागेका हुन् ।

काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जनाएका छन् । हिँजाे कास्की अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो ।

कास्की जिल्ला अदालतबाट लामिछानेसँगै मुद्दाका अन्य प्रतिवादी छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, आरती गुरूङ र मीना गुरूङ पनि धरौटी रकम बुझाई रिहा भएकाे बताइएकाे छ । त्यस्तै प्रतिवादी लीला पछाईँ भने बिहीबार धरौटी रकम नबुझाउँदा हिरासतमै रहेका छन् ।

कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख, जोशीलाई ८८ लाख, पछाईँलाई ३७ लाख, खनाललाई १५ लाख, मीना र आरती गुरूङलाई ५-५ लाख र कृष्णबहादुर गुरूङलाई १ लाख धरौटी तोकेको थियो ।

यसअघि २०८१ पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसहित ४४ जनाविरूद्ध सहकारी रकम अपचलनको आरोपमा मुद्दा दायर गरेको थियो ।