चितवनमा एक नाबालिका आफ्नै बुबाबाट बलात्कृत भएकी छन् । नाबालिका छोरीमाथि पटकपटक बलात्कार गरेर फरार भएका ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो । उनले आफ्नी १४ वर्षीया छोरीलाई पटकपटक करणी गरेर गर्भवती बनाएको बताइएको छ ।
प्रहरीका अनुसार ती व्यक्तिले गत असोज १० गतेदेखि लगातार एक हप्तासम्म आफ्नो कोठाभित्र छोरीलाई बलात्कार गरी गर्भवती बनाएका थिए । त्यसपछि कोही कसैलाई जानकारी नदिई गोप्य रुपमा अस्पतालमा लगेर छोरीको पेटमा रहेको तीन महिनाको बच्चा समेत गर्भपतन गराएको पाइएको हो ।
इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी, चितवनबाट खटिएको विशेष टोलीले उनलाई गत आइतबार नियन्त्रणमा लिएको हो । उनीमाथि जिल्ला अदालत चितवनबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।