Advertisement Banner
Advertisement Banner

०९ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सरकारी गाडीमाथि ‘डिजिटल निगरानी’

२३ मंगलबार , पौष २०८१२ बर्ष अगाडि

सरकारी गाडीमाथि ‘डिजिटल निगरानी’

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले सरकारी सवारी साधनमाथि ‘विद्युतीय (डिजिटल) निगरानी’ गर्ने भएको छ । मन्त्रालय मातहत सञ्चालित कार्यालय, अस्पताल तथा स्वास्थ्य संस्थाका चार पाङ्ग्रे सरकारी सवारी साधनमाथि डिजिटल निगरानी गर्न लागिएको हो । त्यसका लागि सवारीमा आवश्यक जीपीएस जडान गर्न निर्देशन दिँदै मन्त्रालयले सम्बन्धित निकायहरुलाई परिपत्र गरेको छ ।

परिपत्रमा उल्लेख छ, ‘दाङको लमहीमा सम्पन्न भएको आर्थिक वर्ष २०८०–८१ को स्वास्थ्यसम्बन्धी कार्यक्रमको प्रादेशिक वार्षिक समिक्षा कार्यक्रम जारी गरिएको लमही घोषणापत्रको कार्यान्वयन सम्बन्धमा घोषणापत्रको बुँदा नं.१५ मा उल्लेख रहेको कार्यालयमा रहेको सरकारी सवारी साधनको विद्युतीय निगरानीको व्यवस्था मिलाइनेछ भन्ने बुँदा कार्यान्वयनका लागि तहाँ कार्यालयमा रहेको चार पाङ्ग्रे सवारी साधनमा विद्युतीय निगरानीको लागि आवश्यक जीपीएस जडान गरी सोको जानकारी यथाशक्य छिटो यस मन्त्रालयमा पठाउन जानकारी गराइन्छ ।’