Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

महालक्ष्मी खोला-मातातीर्थ सडक माघ ७ गतेसम्म बन्द हुने

२२ सोमबार , पौष २०८१एक बर्ष अगाडि

महालक्ष्मी खोला-मातातीर्थ सडक माघ ७ गतेसम्म बन्द हुने

आजदेखि मकवानपुर-काठमाडौँ जोड्ने महालक्ष्मी खोला-मातातीर्थ सडक माघ ७ गतेसम्म बन्द हुने भएको छ । उक्त सडक खण्डको महालक्ष्मी खोला नजिकै भिर कटानका लागि सडकमा यातायात सेवा बन्द हुने भएको हो ।

आजदेखि माघ ७ गतेसम्म मकवानपुरको इन्द्र सरोवर गाउँपालिका-५ स्थित महालक्ष्मी खोला नजिकै भिर कटानका लागि सडकमा यातायात सेवा बन्द गर्न लागिएको गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिएका छन् । उनले पूर्वाधार विकास कार्यालयले मकवानपुरतर्फको सडक खण्डमा स्तरोन्नतिका क्रममा उक्त सडकमा यातायात सञ्चालन बन्द गर्न लागिएको बताए ।

अहिले मकवानपुर–काठमाडौँ जोड्ने कुलेखानी-फाखेल सडक खण्ड र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डमा एकतर्फी मात्रै सवारी साधना सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताएका छन् । हाल दुवै सडक खण्डमा स्तरोन्नति भइरहेको छ ।

त्यस्तै हेटौँडाबाट काठमाडौँ जाने सवारी सिस्नेरीतर्फबाट र काठमाडौँबाट हेटौँडा आउने सवारी साधन फाखेलबाट सञ्चालन भइरहेको बताइएको छ ।