Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

मुगुमा भूकम्पकाे धक्का

१९ शुक्रबार , पौष २०८१एक बर्ष अगाडि

मुगुमा भूकम्पकाे धक्का

बिहानै सबेरै मुगु जिल्लाको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।  बिहान ८ बजेर ३ मिनेटमा ४.४ रेक्टर स्केलको भूकम्प गएको हाे ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगुकम ४.४ रेक्टर स्केलको भूकम्प गएको बताइएकाे छ । हिँजाे मात्रै सिन्धुपाल्चोकको मेलम्ची माझिटारलाई केन्द्रबिन्दु बनाएर ४.८ रेक्टरको भूकम्प गएको थियो ।

यसअघि पुष १६ गते बिहान ७ बजेर ५४ मिनेटमा बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियाे ।

 केही समयदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस हुँदै आएको छ भने नेपालका पश्चिमी जिल्लाहरुमा लगातारजसो भूकम्पका गइरहेकाे छ ।