Advertisement Banner
Advertisement Banner

०९ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

दक्षिण कोरियाका लागि ईपीएस मार्फत हवाई भाडा तोकियाे

१८ बिहिबार , पौष २०८१२ बर्ष अगाडि

दक्षिण कोरियाका लागि ईपीएस मार्फत हवाई भाडा तोकियाे

नेपालबाट दक्षिण कोरियामा जाने नेपाली कामदारहरूका लागि ईपीएस मार्फत हवाई भाडा तोकिएको छ । यसअघि हवाई भाडा प्रतिटिकट १ लाख २३ हजार रुपैयाँसम्म पुगेकाले उक्त भाडा अत्यधिक महँगो भएको भन्दै व्यापक विरोध भएको थियो ।

हवाई भाडाकाे व्यापक विरोध भएपछि वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले १३ कात्तिकमा आह्वान गरेको बोलपत्रमा युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिको प्रस्ताव सारभूत रूपमा प्रभावग्राही भएकाले स्वीकृतिका लागि छनोट गरिएको शाखाले जनाएको छ ।

उक्त बोलपत्र विजेता युनिभर्सल टुर्सले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक प्रतिकामदार प्रतिटिकट ४८ हजार ६ सय ६५ रुपैयाँमा काठमाडौँदेखि सियोलसम्म उडान गर्ने बताइएकाे छ । हवाई टिकटमा भ्याट जोड्दा प्रतिटिकट ५४ हजार ९ सय ९१ रुपैयाँ पर्ने शाखाले जनाएको छ ।

शाखाले ईपीएस मार्फत कोरियामा काम गर्न जाने नेपाली कामदारका लागि २०८१ माघ ३ गतेदेखि एक वर्षका लागि युनिभर्सल टुर्सले उक्त दरमा एकतर्फी हवाई टिकट उपलब्ध गराउने बताएकाे छ ।