Advertisement Banner
Advertisement Banner

०९ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

आजदेखि अंग्रेजी नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु

१७ बुधबार , पौष २०८१२ बर्ष अगाडि

आजदेखि अंग्रेजी नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु

आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । ग्रेगोरियन पात्रोअनुसार सन् २०२४ को विदाई र नयाँ वर्ष सन् २०२५ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना गरि नयाँ वर्ष इस्वी संवत् २०२५ मनाइदै छ ।

ग्रेगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष सन् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत् सन् सुरुवात भएको मान्यता रहेकाे पाइन्छ भने येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्षको रुपमा मनाउने प्रचलन समेत रहेकाे छ ।

नयाँ वर्ष मनाउन इराकको मेसोपोटा मियाबाट थालिएको मान्यता छ । त्यस्तै रोमन भाषाको जेनस शब्दबाट नयाँ वर्षको पहिलो महिना जनवरीको नामाकरण भएको र अंग्रेजी नयाँ वर्षलाई हर्षोल्लासका साथ विश्वभर मनाउने गरेकाे पाइन्छ ।

यो संवत् नेपालमा प्रचलनमा नभए पनि पछिल्लाे समय शुभकामना आदानप्रदान लगायतका कार्यक्रमहरु हुने गरेका छन् । त्यस्तै नेपाल भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्ने भएकाले केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ । 

त्यसैगरि विदेशी पर्यटकको भीडभाड हुने स्थानहरू काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ ।