Advertisement Banner
Advertisement Banner

०९ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

आजदेखि मौसममा सुधार आउने

१४ आइतबार , पौष २०८१२ बर्ष अगाडि

आजदेखि मौसममा सुधार आउने

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण केहि दिनदेखि भएकाे माैसम बदलीमा आजदेखि सुधार आउने देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजदेखि मौसममा सुधार आउने बताएकाे हाे ।

आज पनि देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे र कर्णाली, गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा सुदूरपश्चिम र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

त्यस्तै अहिले कोशी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेता पनि बाँकी भागमा भने मौसम सफा रहनेछ ।

महाशाखाका अनुसार आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे बताइएकाे छ ।

जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।