Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

तीन विप्रेषण कम्पनीको लाइसेन्स खारेज

१२ शुक्रबार , पौष २०८१एक बर्ष अगाडि

तीन विप्रेषण कम्पनीको लाइसेन्स खारेज

विप्रेषण कारोबार गर्न इजाजतपत्र प्राप्त तीन वटा कम्पनीको लाइसेन्स खारेज भएको छ । नेपाल राष्ट्र बैंकले ती कम्पनीको लाइसेन्स खारेज गरेको हो ।

राष्ट्र बैंकका अनुसार काठमाडौंको नयाँ बानेश्वरस्थित नमस्ते रेमिट इन्टरनेशनल प्रालि, कमलपोखरीको मोडर्न रेमिट्यान्स प्रालि र कान्तिपथमा रहेको भाटभटेनी मनी ट्रान्सफर प्रालिको इजाजतपत्र खारेज गरिएको छ ।

यी कम्पनीहरुसँग कुनै व्यक्ति वा संघसंस्थाको लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी  भएमा आगामी ३५ दिनभित्र राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा लिखित रुपमा जानकारी गराउन भनिएको छ ।

‘उल्लिखित विप्रेषण कम्पनीहरुको इजाजतपत्र नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित) को विनियम–१३ को उपविनियम (५) बमोजिम खारेज हुने देखिएकाले विप्रेषण कारोबारको सिलसिलामा उपरोक्त कम्पनीहरुसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भएमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र यस विभागमा लिखित रुपमा जानकारी दिनुहुन अनुरोध छ,’ सूचनामा उल्लेख छ ।

तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा विप्रेषण कम्पनीहरुको बैंक जमानत फुकुवा हुने छ । तर, समयमै रकम दाबी गरेमा बैंक जमानतले खामेसम्मको रकम मात्र हिसाबमिलान हुने राष्ट्र बैंकले जनाएको छ ।