Advertisement Banner
Advertisement Banner

०९ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

काठमाडौंमा झण्डै १३ सय फरार प्रतिवादी पक्राउ

१२ शुक्रबार , पौष २०८१२ बर्ष अगाडि

काठमाडौंमा झण्डै १३ सय फरार प्रतिवादी पक्राउ

काठमाडौं प्रहरीले पछिल्लो पाँच महिनामा झण्डै १३ सय फरार प्रतिवादी पक्रेको छ । चालु आर्थिक वर्ष २०८१–०८२ को साउनदेखि पुस पहिलो सातासम्म एक हजार दुई सय ९८ जना फरार अभियुक्तलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको हो ।

मातहतका प्रहरी वृत्त बौद्ध, साँखु, बुढानिलकण्ठलगायतबाट खटिएका टोलीको सहायतामा उनीहरुलाई समात्न सफल भएको कार्यालयको भनाइ छ । जसमध्ये बिहिबार मात्रै ७१ जना फरार प्रतिवादी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस्तै, पक्राउ परेकाबाट चार करोड ४९ लाख ५३ हजार ८५० रुपैयाँ जरिवाना असुलउपरसहित एक सय २० वर्ष दश महिना कैद सजाय भुक्तानका लागि अदालतमा पेश गरिएको प्रहरीले दाबी गरेको छ ।

दण्डहिनता अन्त्य गर्ने उद्देश्य प्राप्तिका लागि विभिन्न कसुरमा जरिवाना तथा कैद सजाय भई फरार रहेका व्यक्तिहरु कोही कसैको इलाकामा लुकिछिपी बसिरहेको जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सूचना दिन पनि अनुरोध गरिएको गरिएको छ ।