Advertisement Banner
Advertisement Banner

०९ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

एसईई परीक्षाका लागि आवेदन फाराम खुला

१२ शुक्रबार , पौष २०८१२ बर्ष अगाडि

एसईई परीक्षाका लागि आवेदन फाराम खुला

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षाा (एसईई ) मा सहभागी हुने परीक्षार्थीका लागि आवेदन फाराम खुला गरेकाे छ । परिक्षा बाेर्डकाे परीक्षा नियन्त्रण कार्यालयले आज सूचना प्रकाशित गरी परीक्षामा सहभागी हुन एक महिनाभित्र फाराम भर्न आह्वान गरेको हो ।

परीक्षामा सहभागी हुन प्रति परीक्षार्थी परीक्षा दस्तुर ५०० रुपैयाँ सहित पुष १२ गतेदेखि माघ १२ गतेसम्म फाराम भर्न सकिने कार्यालयले जनाएको छ । उक्त समयसिमा भित्र फाराम भर्ने व्यवस्था मिलाउन विद्यालयलाई निर्देशन दिँदै बोर्डले आवेदन फाराम नभर्ने विद्यार्थीले एसइई- २०८१ मा सामेल हुन नपाउने जनाएको छ ।

यसअघि २०७८ र २०७९ सालको नियमित वा ग्रेडवृद्धि परीक्षामा सहभागी भई कुनै विषयमा ‘डी’ वा ‘ई’ ग्रेड प्राप्त परीक्षार्थी वा परीक्षामा अनुपस्थित परीक्षार्थीहरुले ग्रेडवृद्धि गर्न चाहेमा ती विषयमा मात्र परीक्षा आवेदन फाराम भर्नुपर्ने पनि बोर्डले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयकाे सूचना अनुसार २०८० सालको नियमित वा पुरक परीक्षाका परीक्षार्थीहरुले एनजी भएका र अनुपस्थित भएको विषयमा मात्र ग्रेडवृद्धि परीक्षाका लागि आवेदन फाराम भर्नुपर्ने जनाइएको छ ।