Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

कवाड व्यवसायीले महानगर घेराउ गर्ने

१० बुधबार , पौष २०८१एक बर्ष अगाडि

कवाड व्यवसायीले महानगर घेराउ गर्ने

काठमाडौं महानगरपालिकाले आफुहरुलाई विस्थापित गराउन खोजेको भन्दै कवाड व्यवसायीहरुले महानगर घेराउ गर्ने घोषणा गरेका छन् । कवाड व्यवसायी संघर्ष समितिले आज पत्रकार सम्मेलन गर्दै यही पुस १४ गते महानगरको कार्यालय घेर्ने घोषणा गरेका हुन् ।

समितिका संयोजक रामकेवल गुप्ताले महानगरविरुद्ध लड्न, भिड्न तयार भएर आन्दोलनमा उत्रिन लागेको बताए । उनले मेयर बालेन्द्र शाह (बालेन) लाई रावणको सज्ञा दिँदै भने, ‘लड्न, भिड्न र लंकाको रावणलाई दहन गर्न हामी भगवान् राम, हनुमानजीको टोली लिएर आउँदो पुस १४ गते काठमाडौं महानगरपालिका कमलादी घेर्ने छौं ।’

महानगर प्रहरीहरुले कवाड व्यवसायीहरुलाई दुःख दिनुका साथै हातपात, कुटपिट तथा गाली बेइज्जती गरेको पनि उनले सुनाए । अदालतले कवाड नहटाउन आदेश दिएपनि महानगरले त्यसविपरीत काम गरिरहेको भन्दै गुप्ताले मेयर बालेन र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध प्रहरीमा उजुरी दिने समेत बताए ।

उनले भने, ‘अब हामी जिल्ला प्रहरी परिसर काठमाडौंमा गएर मुद्धा दर्ता गर्ने छौं । अनि राजु पाण्डे र बालेनलाई प्रशासनले समात्छ कि समात्दैनन ? हामी हेर्ने छौं ।’