Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

छोरीलाई दाइजोमा समाजकल्याण परिषद

२९ सोमबार , चैत्र २०७२९ बर्ष अगाडि

प्रधानमन्त्री केपी ओलीले सालीलाई जापानको राजदूत बनाउने बचन दिए पनि पहिले अभिनेत्रृ खुस्बु ओलीलाई समाज कल्याण परिषदको उपाध्यक्ष बनाउन मन्त्री सीपी मैनालीलाई निर्देशन दिएका छन्। खुस्बु ओलीलाई ड्याडी भन्छिन्, ड्याडी प्रधानमन्त्री भएपछि छोरीले दाइजो त पाउनै पर्‍यो। दाइजोमा समाजकल्याण परिषदको उपाध्यक्ष, के चाहियो खुस्बुलाई। एमाओवादीले परिषदमा आफ्नो दावी राखेपछि यसमा केही ढिला हुनपुगेको छ। तर प्रधानमन्त्री नै लागेपछि कसरी रोकिएला र दाइजो दिन?

डन चरीलाई ८ राउण्ड गोली हानेर गत साउन २० गते इन्काउन्टरमा मारिएपछि खुस्बुलाई डन चरीको प्रेमिका भनेर निकै हल्लाखल्ला भएको थियो। प्रहरीले जवाफ कारवाहीमा मारिएको बताएको थियो। तर, धादिङका दिनेश अधिकारी चरी केपी ओलीका खास मान्छे मानिन्थे। चरी विरामी पर्दा केपी अस्पतालमा समेत भेट्न पुगेका थिए। चरीले नुवाकोटका व्यापारीसँग २१ लाख नगद र अवैध हतियारसहित पक्राउ पर्दासमेत केपीले नै उनलाई बचाएका थिए।

चरी मारिएपछि केही समय खुस्बुबारे चर्चा कम भइरहेको थियो। तर एकाएक यतिखेर खुस्बु ओली राजनीतिक बृत्तमा चर्चाको शिखरमै छिन्। उनी समाज कल्याण परिषदको उपाध्यक्षमा नियुक्त हुनेभएपछि खुस्बुको विवाहको यो तस्वीरसमेत सार्वजनिक भएको छ। केपी कमरेडले खुस्बुलाई छोरी भनेकै आधारमा कुनै योग्यताबिना नै समाज कल्याण परिषदजस्तो ३३ हजारभन्दा बढी एनजीओ, आइएनजीओ हेर्ने अधिकारी बनाउन लागिपर्दा टिकाटिप्पणी हुनु सामान्य कुरा हो। तर, परिषदमा लैजान छोरीकै चयन गर्नुचाहिं ओलीको निर्णयलाई सुन्नेबुझ्ने सबैले हास्यास्पद भनेका छन्।