Advertisement Banner
Advertisement Banner

०९ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

रवि सहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता

०७ आइतबार , पौष २०८१२ बर्ष अगाडि

रवि सहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता

पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा विभिन्न तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सहकारी ठगी संगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अदालतमा मुद्धा दर्ता भएको हो ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर हिनामिना गरेको आरोपमा रास्वपाका सभापति लामिछाने, पूर्वडिआइजी छविलाल जोशी सहित ३१ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र दर्ता गरेको हो ।

पुष ५ गते शुक्रबार सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना आरोपमा जिबी राईसहित १९ जनाविरूद्ध पूरक अभियोग दर्ता गरेको थियो । गत कार्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाट लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो ।