डिसेम्बर २७ र २८ तारिकमा युवा वैज्ञानिक शिखर सम्मेलन २०२५ को नवौं संस्करण हुने भएको छ । आइयूपीएसी अन्तर्गत नेपालको आधिकारीक संस्था नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब माध्यमिक विद्यालयको संयुक्त आयोजनामा काठमाडौंमा सम्मेलन हुने भएकाे हाे ।
काठमाडौंकाे युनिग्लोब माध्यमिक विद्यालय कमलादीमा हुने सम्मेलनमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत देशभरीका युवा वैज्ञानिक र अनुसन्धानकर्ताहरुले विभिन्न ५ विद्यामा आफ्ना अनुसन्धान परियोजना प्रस्तुत गर्ने बताइएकाे छ ।
सम्मेलनमा जीव विज्ञान, रासायनिक र पर्यावरण विज्ञान, भौतिक विज्ञान, गणित, इन्जिनियरिङ्ग र रोबोटिक्स, कम्प्यूटर विज्ञान र कृत्रिम बाैद्धिकता, स्वदेशी ज्ञान र स्थानीय प्रविधि जस्ता विषय समावेश रहेने छ । जसकाे चयनका लागि नवीन वैज्ञानिक प्रविधि र प्रयोगलाई आधार बनाइने बताइएकाे छ ।
प्रत्येक विधामा उत्कृष्ट परियोजनालाई “युवा वैज्ञानिक”उपाधिले सम्मानित गरिनुको साथै सिङ्गापुरमा आयोजना हुने १४औं एशिया प्यासिफिक कन्फेरेन्समा सहभागिता जनाउनको लागि आवेदन दिन योग्य मानिने बताइएकाे छ ।
त्यसैगरि यसबाहेक छानिएका युवा वैज्ञानिकहरुले नेपाल पोलिमर इन्स्टिच्युटको राष्ट्रिय अनुसन्धान समितिको सहयोग र वैज्ञानिक मार्गदर्शनमा वैज्ञानिक समुदायमा आफ्नो क्षमताविस्तार गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुसन्धान र नेटवर्किङमा पहुँच प्राप्त गर्न सक्ने समेत आयाेजकले बताएकाे छ ।