Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

विद्यार्थीबाट कुनै पनि शुल्क नलिन महानगरको निर्देशन

०५ शुक्रबार , पौष २०८१एक बर्ष अगाडि

विद्यार्थीबाट कुनै पनि शुल्क नलिन महानगरको निर्देशन

काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयहरूलाई विद्यार्थीबाट कुनै पनि शीर्षकमा शुल्क नलिन निर्देशन दिएको छ । विभिन्न शीर्षकमा कतिपय विद्यालयहरुले शुल्क लिने गरेको पाइएपछि  महानगरले उक्त निर्देशन दिएको हो ।

अनुगमनका क्रममा विद्यालयहरूले किताब, पोसाक, खाजा, अतिरिक्त कक्षा लगायतका शीर्षकमा शुल्क लिने गरेको पाइए पछि महानगरले विद्यालयहरुलाई शुल्क नलिन निर्देशन दिएको हो ।

संविधानले निःशुल्क तथा अनिवार्य शिक्षा भनेको र २०७५ मा बनेको अनिवार्य तथा निःशुल्क शिक्षा ऐनलाई महानगरले कार्यान्वयन गर्न लागेको बताइएको छ । आगामी सोमबारदेखि महानगरका विद्यालयमा त्रैमासिक परीक्षा सञ्चालन हुने र उक्त परीक्षाको सम्पूर्ण खर्च महानगरले गर्ने समेत बताइएको छ ।