Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

काठमाडौंका विभिन्न स्थानमा बिजुली आपूर्ति कटौती

०५ शुक्रबार , पौष २०८१एक बर्ष अगाडि

काठमाडौंका विभिन्न स्थानमा बिजुली आपूर्ति कटौती

आज बिहान काठमाडौंका विभिन्न स्थानमा बिजुली आपूर्ति कटौती हुने भएकाे छ । नेपाल विद्युत् प्राधिकरणले बिहान १० : ३० बजेदेखि मध्याह्न १२ बजेसम्म राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली आपूर्ति कटौती हुने जानकारी गराएकाे हाे ।

प्राधिकरणले जारी गरेको सूचना अनुसार बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोकलगायत क्षेत्रमा प्रविधि जडान कार्य भइरहेकाले बिजुली आपूर्ति कटौती हुने भएको बताइएकाे छ । बिजुली आपूर्ति रोकिँदा ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

यसअघि पनि राजधानीकाे विभिन्न स्थानकाे विद्युत लाइनकाे व्यवस्थापनका लागि प्राधिकरणले बिजुली आपूर्ति कटौती गरेर काम गर्दै आएकाे छ ।