Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

उपसचिवहरू सहसचिव बढुवा सिफारिस

०४ बिहिबार , पौष २०८१एक बर्ष अगाडि

उपसचिवहरू सहसचिव बढुवा सिफारिस

तीन जना उपसचिवलाई सहसचिव बढुवाका लागि सिफारिस गरिएको छ । ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवा समितिको बुधबार बसेको बैठकले उपसचिवहरूलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरिएको हो ।

आर्थिक योजना तथा तथ्यांक सेवाका १ जना र इन्जिनियरिङ सेवाका २ जना गरेर ३ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरिएको हाे । बढुवा समितिको सिफारिस अनुसार उनिहरूलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरिएकाे बताइएकाे छ ।

बढुवा हुनेमा आर्थिक योजना तथा तथ्यांक सेवातर्फ ढुण्डी राज लामिछाने रहेका छन् भने इन्जिनियरिङ सेवातर्फ राज कुमार गोइत र पुष्कर प्रसाद पोखरेल रहेका छन् ।