अस्पतालजन्य फोहोर जथाभाबी फालेको भन्दै काठमाडौँ महानगरपालिकाले एउटा स्वास्थ्य संस्थालाई जरिवाना गराएको छ । काठमाडौँ महानगरपालिकाले वडा नम्बर-३, को धुम्वराहि क्षेत्रमा रहेको एसियन रेज मेडिकेयर सेन्टरले अस्पतालजन्य फोहोर फ्याकेको भन्दै ५० हजार जरिवाना गरेकाे हाे ।
त्यसैगरि महानगरको वडा नम्बर १ मा रहेको आवरण स्किन क्लिनिकलाई पनि अस्पतालजन्य फोहोर जथाभाबी फालेको भन्दै ५० हजार जरिबाना गरेको छ ।
पछिल्लो समय महानगरले जथाभाबी फोहोर फाल्ने, खुल्ला ठाउँमा आगो बाल्ने, सडकका भित्ता तथा, पोलमा पोष्टर टाँस्ने, निर्माण सामाग्री जनभावी राख्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने आक्रामक नीति लिएको छ ।