Advertisement Banner
Advertisement Banner

०६ शनिबार, पौष २०८१23rd July 2024, 10:09:55 am

अवैध ६८ लाख नगदसहित ४ जना पक्राउ

०३ बुधबार , पौष २०८१३ दिन अगाडि

अवैध ६८ लाख नगदसहित ४ जना पक्राउ

स्रोत नखुलेको ६८ लाख रुपैयाँ नगदसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार काठमाडौँ महानगरपालिका–९ सिनामंगलस्थित शम्भुमार्गबाट उक्त रकम सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका–३२ दोभानपुल निवासी ४६ वर्षीय राजकुमार माली, नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, झापा अर्जुनधारा नगरपालिका–७ घर भएका ३२ वर्षीय प्रवेश कुमार पौडेल, र झापा बिर्तामोड नगरपालिका–५ निवासी २७ वर्षीय युवराज सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई प्रहरी वृत्त गौशलाबाट खटिएको टोलीले प्रदेश ३–०१०२२ च १९७२ नम्बरको कार रोकी जाँच गर्दा नगदसहित पक्राउ गरेको बताइएको छ । शम्भुमार्गमा गरिएको जाँचका क्रममा नगदको स्रोत नखुलेपछि उनीहरूलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि अनुसन्धान अगाडि बढाइएको र स्रोत नखुलेको नगदको विषयमा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाइएको छ ।