Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा माघमा

०३ बुधबार , पौष २०८१एक बर्ष अगाडि

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा माघमा

नेपाल मेडिकल काउन्सिलको ७१ औं लाइसेन्स परीक्षा माघमा हुने भएको छ । आउँदो माघ ८ गतेदेखि १० गतेसम्म परीक्षा सञ्चालन गरिने काउन्सिलले जानकारी दिएको हो ।  

परीक्षामा सहभागी हुन चाहनेलाई आजदेखि पुस २१ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न आह्वान गरिएको छ ।

त्यस्तै, पुस २३ गतेसम्म बिलम्व शुल्कसहित फाराम बुझाउन सकिने काउन्सिलले जनाएको छ । अनलाइन आवेदन फाराम भर्ने र बुझाउने व्यवस्था चौबिसै घण्टा खुला रहनेछ ।

अनलाइनबाहेकका माध्यमबाट बुझाएको आवेदन फाराम र शुल्क मान्य नहुने काउन्सिलले स्पष्ट पारेको छ । यससम्बन्धी थप जानकारी काउन्सिलबाट प्राप्त गर्न सकिनेछ ।