आज पुष ३ गतेदेखि ११ गतेसम्म सिस्नेरी-दक्षिणकाली सडक बन्द हुने भएको छ । हेटौँडाबाट संघीय राजधानी काठमाडौँ जोड्ने उक्त सडक अन्तर्गत दक्षिणकाली-छैमलेमा कालोपत्र गर्न लागिएकाले बन्द गरिएको हो ।
सिस्नेरी-दक्षिणकाली सडकमा आजदेखि यही पुस ११ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । त्यसैगरी सडक स्तरोन्नतिका लागि कुलेखानी-फाखेल-मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग हेटौँडाबाट काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक, त्रिभुवन राजपथ, नारायणगढ मुग्लिन सडक भने सञ्चालन भइरहेको बताइएको छ ।