भक्तपुरमा बुवाले चक्कु प्रहार गरी छोराको हत्या गरेका छन् । भक्तपुर नगरपालिका–२ स्थित सहिद स्मृति खेल मैदान नजिकै बुवाले चक्कु प्रहार गरी छोराको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार मंगलबार राति बुवाको चक्कु प्रहारबाट छोराको मृत्यु भएको हो । अछाम जिल्लाको कमलनगर नगरपालिका–६ हात्तीबाच घर भइ भक्तपुर बस्दै आएका ६३ वर्षीय दीपबहादुर शाहीले चक्कुले हानेर आफ्नै ३१ वर्षीय छोरा नरेन्द्र शाहीको हत्या गरेको प्रहरीले जनाएको छ ।
घरायसी विवादका कारण बुवाले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका नरेन्द्रलाई उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटना लगत्तै मृतकका बुबा दिपबहादुरलाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाइएको बताइएको छ ।
मृतकको शव पोष्मार्टमको लागि काठमाडौँ मेडिकल कलेज दुवाकोटमा राखिएको छ ।