Advertisement Banner
Advertisement Banner

०७ आइतबार, पौष २०८१23rd July 2024, 10:09:55 am

पर्यटन व्यवसायीलाई ६ महिने चिनियाँ भाषा प्रशिक्षण

०३ बुधबार , पौष २०८१४ दिन अगाडि

पर्यटन व्यवसायीलाई ६ महिने चिनियाँ भाषा प्रशिक्षण

नेपालका पर्यटन व्यवसायीलाई चिनियाँ भाषा प्रशिक्षण दिइएको छ । व्यवसायीलाई ६ महिने चिनियाँ भाषा प्रशिक्षण दिइएको हाे ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को संयुक्त आयोजनामा ६ महिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे हाे । नेपालका पर्यटन व्यवसायीलाई चिनियाँ पर्यटकसँग अझ प्रभावकारी रूपमा जोड्न र सेवा दिन सक्षम बनाउने उद्देश्यले उक्त प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताइएकाे छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐर, चिनियाँ दूतावासका मिसन उपप्रमुख वाङ सिन र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद् अध्यक्ष डा. हरिशचन्द्र शाह लगायत उपस्थितिमा कार्यक्रम समापनमा भएकाे थियाे ।

पर्यटन बोर्डका अनुसार याे वर्षको कार्यक्रममा १ सय जना सहभागी भएकाे र जसमध्ये ४० जनाले चिनियाँ भाषा मापदण्ड अनुसारको दक्षता हासिल गर्दै प्रमाणपत्र प्राप्त गर्न सफल भएको जनाइएको छ । अब नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको बढ्दो चाप सम्बोधन गर्न प्रशिक्षितहरू सक्षम भएको समेत बोर्डको भनाइ रहेकाे छ ।