Advertisement Banner
Advertisement Banner

०७ आइतबार, पौष २०८१23rd July 2024, 10:09:55 am

राप्रपा कता बरालियो ?

०२ मंगलबार , पौष २०८१५ दिन अगाडि

राप्रपा कता बरालियो ?

राजेन्द्र लिंगदेनले केही गर्लान् भनेको उनको नेतृत्वको राप्रपा कता बरालियो बरालियो । अब केही हुन्छ, केही गर्छ राप्रपाले भनेको पुरानै अनुहार देखियो ।
नेपाली कांग्रेसको अधिवेशन उद्घाटन समारोहमा राजेन्द्र कुर्लिएका थिए– गाउँमा कुनै कार्यक्रममा नेता आएको छ भन्ने थाहापाएपछि जनता भन्छन्– कुन चोर आएछ । राजेन्द्रको कुरामा प्रचण्डले प्रतिवाद गरे । माधव नेपालले राजाको बिरोध गरे, राजेन्द्रको झाँको झारे । प्रचण्ड र माधवले हामी चोर नै हौं त भनेर प्रश्न गर्दा तर उपस्थित निम्तालु, कांग्रेस भीडले हो हो भन्दै ताली बजाएर राजेन्द्रको कुरामा सहमति जनाएका थिए । एमाले अध्यक्ष केपी ओलीले त्यही सभामा भर्खरको बाच्छो भनेर होच्याएका थिए । त्यही समारोह र पहिले पनि राजेन्द्रले भनेका थिए– भ्रष्टाचार गरें भने आमाको रगत खाएसरह हुनेछ । आमजनताले उनलाई राम्रो मान्छन् तर उनले हाँकेको राप्रपाको हैसियत पालिका उपचुनावमा ४ भोटे, २० भोटे, जमानत जफल भएको देखियो । यसपछि प्रश्न उठेको छ– राप्रपा कता बरालियो ? उपचुनावमा बाच्छै देखियो । परिपक्व कहिले हुन्छ राप्रपा र राजतन्त्र र हिन्दुराष्ट्र पुनस्र्थापना गराउँछ ?
रास्वपाका रवि लामिछाने, राजधानीका मेयर बालेन साह, राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेनहरूले ठूला नेतालाई आफ्नो अनुहार ऐनामा हेर्न बाध्य पार्ने स्थिति सिर्जना गरेका थिए । इम्परर न्यू क्लथमा बादशाहले नयाँ लुगा लगाएँ भनेर नाङ्गै हिंडेका थिए, चाकरहरू क्या राम्रोे, क्या राम्रो भनेर प्रशंसा गरेर थाक्दैनथे, त्यस्तै वातावरण सिर्जना गरेकै हुन् । देशको बेहालत र जनताको आवाज बोलेकाहरू कमजोर हुँदै गएका छन् ।  यी आफै तमासा बन्न पुगेका छन् ।
राष्ट्रलाई दह्रो आधार चाहिएको हो । त्यो आधार दिन नयाँ अनुहारले सकेनन् । पुराना अनुहार लोकतन्त्रलाई भागबण्डा, लुटतन्त्र बनाउन व्यस्त हुनथालेका छन् । एकजना पनि नयाँ पुराना नेतामा मण्डेलाकोजस्तो धैर्यता, जियाउर रहमानको जस्तो भावना, गान्धीकोजस्तो राष्ट्रियता, नेहरूको जस्तो त्याग, लीक्वान यूको जस्तो प्रतिबध्दता, सनयात सेनको जस्तो अठोट देखाउन सकेनन् । संविधान र व्यवस्था नै असफल पारिदिए । यी नेता र यो व्यवस्थाले अवस्था सुधार्न नसक्ने भयो । राप्रपाले केही गर्छ कि भनेको त्यो निराशामा परिणत भयो । राप्रपा जनभीडमा खोज्नुपर्ने अवस्था आयो ।