Advertisement Banner
Advertisement Banner

०७ आइतबार, पौष २०८१23rd July 2024, 10:09:55 am

रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

०२ मंगलबार , पौष २०८१५ दिन अगाडि

रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

पूर्वगृहमन्त्री एवंम् रास्वपा सभापति रवि लामिछानेलाई अदालत उपस्थित गराइएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई पुनः म्याद थपका लागि अदालत उपस्थित गराइएको हो ।

लामिछाने माथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ । सरकारी वकिल कार्यालय कास्कीले रविमाथि अनुसन्धान भइरहेको भन्दै म्याद थपको माग गरेको हो ।

रास्वपा सभापति लामिछानेसहित ५ जनालाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । सूर्यदर्शन सहकारी ठगीमा ५१ जना प्रतिवादी र १ अर्ब ५१ करोड बिगो माग सहित प्रहरीले प्रतिवेदन तयार गरेको बताइएको छ ।

प्रहरीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान रिपोर्ट बुझाए पनि अध्ययन गर्न समय लाग्ने भएकोले पुन: म्याद थपका लागि लामिछानेलाई कास्की प्रहरीले आज अन्तिमपटक जिल्ला अदालतमा पेश गरेको हो ।