Advertisement Banner
Advertisement Banner

१० आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

पाँच उपसचिवहरू सहसचिव बढुवाका लागि सिफारिस

०२ मंगलबार , पौष २०८१२ बर्ष अगाडि

पाँच उपसचिवहरू सहसचिव बढुवाका लागि सिफारिस

परराष्ट्र सेवाका पाँच उपसचिवहरूलाई सहसचिव बढुवाका लागि सिफारिस गरिएकाे छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा समितिको सचिवालयले उपसचिवहरूलाई सहसचिव बढुवाका लागि सिफारिस गरेको हो ।

हिँजाे सोमबारको बढुवा समितिको निर्णयाअनुशार उनीहरूलाई बढुवा सिफारिस गरिएको बताइएकाे छ । ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाका आधारमा सिफारिस हुने उम्मेदवारहरूमा पुष्पराज भट्टराई, मणिरत्न शर्मा, लोक बहादुर पौडेल क्षेत्री, किरण शाक्य र दुरपदा सापकोटा रहेका छन् ।