Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

बिखण्डनवादीलाई चाहिं किन छुट ओलीजी?

२९ सोमबार , चैत्र २०७२११ बर्ष अगाडि

मधेस अलग देश हुनुपर्छ भनेर विद्वेष फैलाउने देवराम यादवलाई सरकारले इटहरिबाट च्याकुनच्याइँ पारेर जेल हालेको छ। तर देवरामका हाकिम सिके राउतलाई सरकारले किन खुला छाडेको छ र बिखण्डनको आगोलाई दन्किन दिएको होला? मधेस विखण्डनको नारा लगाउँदै आएका देवराम प्रहरीको मोष्टवाण्टेड सूचीमा थिए तर सिके राउतले किन बिखण्डनको नारा लगाउन छुट पाइरहेका छन्, यसबारे सरकार मौन छ। पटक पटक पक्राउ परेर पनि सिके राउत प्रमाण नपाएको भन्दै प्रहरी, अदालतबाट समेत छुट पाउँदै आएका छन्। उनीजस्ता राष्ट्रघातक बिखण्डनवादीलाई चाहिं किन छुट ओलीजी?