Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

आन्दोलन गर्ने हो भने प्रतिकार गरिन्छ

१५ मंगलबार , पौष २०७११२ बर्ष अगाडि

संविधानसभामा पञ्चायतको झझल्को। एमाओवादीले आन्दोलन गरे प्रतिकार गर्ने धम्की दिएका छन् एमाले नेता झलनाथ खनालले। प्रधानमन्त्री बनिसकेका र एमालेका अध्यक्षसमेत रहिसकेका व्यक्तिले मुलुकलाई कसरी अग्रगमनतिर लाने र सहमतिको संविधान बनाउने भन्ने निकास खोज्न छाडेर प्रतिकारको कुरा गर्न थालेका छन्। पञ्चायत र बहुदललाई के गाली गर्नु, लोकतन्त्रवादी भनिएकाहरु पनि त आन्दोलन र प्रतिकारमा उत्रने रहेछन्। यी तिनै झलनाथ खनाल हुन् जो सत्तामा हुँदा अर्जुनदृष्टिका कुरा गर्थे, अहिले सत्ताधारी दल हुँदा लक्ष्मण रेखा नाघेर आन्दोलन गरिए प्रतिकार गरिन्छ भनेर दम्भ प्रदर्शन गरिरहेका छन्। यस्तै नेताले हो सहमतिको संविधान बनाउने?