Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

४४ लाख बराबरको विभिन्न किसिमका सामान बरामद

०१ सोमबार , पौष २०८१एक बर्ष अगाडि

४४ लाख बराबरको विभिन्न किसिमका सामान बरामद

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले पर्सा जिल्लाको विभिन्न स्थानहरुबाट करीब ४४ लाख रुपैयाँ बराबरको सामानहरु बरामद गरेको छ ।
सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौजले मंसिर २९ गते पर्सा जिल्लाको वीरगंज महानगरपालिका–६ स्थित लाटगलीबाट ३० लाख ४९ हजार ७ सय रुपैयाँ बराबरको लत्ताकपडा तथा कस्मेटिक सामान बरामद गरेको छ ।
सोही ठाउँस्थित एक घरमा राखिएको अवस्थामा गोदाममा छापा मारेर १ हजार ६ सय २७ पिस कुर्ता सुरुवाल, २ हजार ७ सय ६८ पिस सल र १ हजार ७ सय २८ पिस स्काफ, लेडिज व्याग तथा कस्मेटिक सामानहरु बरामद गरेको हो ।
यसैगरी सोही महानगरपालिका–१६ स्थित ईनर्वा तथा अन्य नाकाहरुबाट १३ लाख ३६ हजार ९ सय ३५ रुपैयाँ बराबरको विभिन्न किसिमका सामानहरुसहित एउटा मोटरसाईकल नियन्त्रणमा लिइएको छ ।
भारतबाट अबैध रुपले नेपालतर्फ ना ५३ प ९३०६ नम्बरको मोटरसाईलमा राखेर तथा अन्य यात्रुवाहक सवारीसाधनमा लुकाईछिपाई ल्याउँदै गरेको कस्मेटिक तथा किराना सामान, मोटरपार्टस, कि–प्याड मोबाईल, मोबाईल एसोसेरिज र लत्ताकपडा सो गुल्मले मंसिर ३० गते बरामद गरेको हो । सामान ल्याउने व्यक्तिहरु भने गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै फरार भएका थिए ।
बरामद गरिएका सामानहरु आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।