Advertisement Banner
Advertisement Banner

०७ आइतबार, पौष २०८१23rd July 2024, 10:09:55 am

डिजेल र मट्टितेलको घट्दा पेट्रोलको मूल्य बढ्याे

०१ सोमबार , पौष २०८१६ दिन अगाडि

डिजेल र मट्टितेलको घट्दा पेट्रोलको मूल्य बढ्याे

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाउँदा पेट्रोलको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोलको मूल्य बढाएको हो ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हाे । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेकाे छ ।

निगमले समायाेजन गरेकाे नयाँ मूल्यसँगै अब काठमाडौं, पोखरा र दीपायल डिपो अन्तर्गतका पेट्रोल पम्पमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६२ रुपैयाँ कायम भएको छ भने यी क्षेत्रमा डिजेल र मटीतेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, सुर्खेत र दाङ डिपो अन्तर्गतको क्षेत्रमा पेट्रोल १ सय ६१ रुपैयाँ र डिजेल तथा मटीतेल १ सय ५० रुपैयाँ कायम भएको छ । बाँकी क्षेत्रमा पेट्रोल १५९.५० रुपैयाँ र डिजेल मटीतेल १४८.५० रुपैयाँ पर्ने निगमले जनाएको छ ।