मंसिर २९ गते दिउँसो कागेश्वरी मनोहरा-८ किराँतचोक नजिकै बागमती नदीको किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको उपचारकोक्रममा मृत्यु भएको छ । चितवन रत्ननगर नगरपालिका-१२ घर भएर नारायणटार बस्ने कमला आचार्यको उपचारको क्रममा मृत्यु भएको हो ।
काठमाडौंका एसएसपी बसन्त रजौरेका अनुसार उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको बताइएको छ । पेट्रोल छर्किएर आगो लगाएर जलेकि ३८ वर्षीय आचार्यको साँखु स्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।
शनिबार दिउँसो आचार्यले पेट्रोल छर्किएर आगो लगाएपछि उनलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि शंखरापुरस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा भर्ना गरिएको थियो । उनले आफ्नै शरीरमा किन आगो लगाइन् भन्ने खुलेको छैन ।
परिवारसँग नारायणटारमा बस्दै आएकी आचार्यको पारिवारिक विवरण लिएर थप जानकारी लिने प्रयास भइरहेको प्रहरीले बताइएको छ ।