त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदले एकै पटक ८ जनाडीन नियुक्त गरेको छ । हिँजो मंसिर २९ गते शनिबार ८ जना डीन नियुक्त गरिएको हो ।
त्रिविमा छनोट समितिले सिफारिस गरेका तीन जनामध्ये पहिलो नम्बरमा रहेकालाई नियुक्त गर्ने कि अर्को छान्ने भन्नेमा विवाद रहेको थियो । वर्णानुक्रम अनुसार नाम भएकाले ३ जनामध्ये १ जना छान्ने नीति परिषद्ले लिएको हो ।
नियुक्ति पाएकाहरूलाई आज नै नियुक्ति पत्र हस्तान्तरण गरी पदस्थापन गर्ने कार्यक्रम रहेको छ । नियुक्त भएकाहरुमा शिक्षाशास्त्र संकाय- प्रा.डा. बेदराज आचार्य,वन विज्ञान अध्ययन संस्थान- सहप्राध्यापक ठाकुर सिलवाल,चिकित्साशास्त्र अध्ययन संस्थान- प्रा.डा. मोहोनराज शर्मा,मानविकी तथा सामाजिकशास्त्र- प्रा.डा. द्विविनन्द ढकाल रहेका छन् ।
त्यसैगरी व्यवस्थापन संकाय- प्रा.डा. महानन्द चालिसे, विज्ञान तथा प्रविधि अध्ययन संस्थान- प्रा.डा. शंकर खनाल, कृषि र पशुविज्ञान अध्ययन संस्थान- सहप्राध्यापक डा.किशोरचन्द्र दाहाल, इन्जिनियरिङ अध्ययन संस्थान- प्रा.डा. सुशीलबहादुर बज्राचार्य लगायत ८ जनालाई डीनमा नियुक्त गरेको हो ।
त्यस्तै शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशक डा. सहप्राध्यापक राजेन्द्र कुँवर, व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशक प्रा.डा. मिनाराज भण्डारी, योजना निर्देशनालयका निर्देशकमा सहप्राध्यापक डा. लक्ष्मीकान्त शर्मा लगायत ३ जनालाई परिषदले निर्देशकमा नियुक्त गरेको हो ।